Events

घरदैलो सहकारी शिक्षा कार्याक्रम सम्पन्न ।

2025-10-13

बनेपा ३, काँक्रे

मिति २०८२/०६/२७ गते सोमबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको संयोजकत्वमा बनेपा वडा नं. ०३ काँक्रे क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य वृद्धि कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम तथा बचत ऋण सेवाका बारेमा सदस्यलाई जानकारी दिने, सदस्यहरुको संस्थाप्रतिको गुनासो संकलन गर्नु, निष्कृय सदस्यहरुलाई सक्रिय बनाउने तथा सम्भाव्य सदस्यलाई संस्थामा आबद्ध गराउनु रहेको थियो । बनेपा ०३ काँक्रे क्षेत्रमा केही समय अगाडी संस्थाबाट वित्तिय साक्षरता कार्यक्रम पनि सम्पन्न गरिसकेको हुनाले उल्लेख्य व्यक्तिहरुको कार्यक्रममा उपस्थिति थियो । कार्यक्रम मार्फत धेरै व्यक्ति चण्डेश्वरी साकोस तथा यस संस्थाले गर्ने कार्यक्रमहरुका बारेमा लगाब लिएको देखिन्छ ।